बलात्कारको आरोप लागेका एसएसपीले रोल्पामा यस्तोसम्म ज्यादती गरेका थिए !


काठमाडौं – सशस्त्र प्रहरी बल नेपालका एसएसपी राजेन्द्र अधिकारी पक्राउ परेका छन् । नेपाल सशस्त्र प्रहरी बल नेपाल हुल तथा दंगा व्यवस्था तालिम शिक्षालय लामापाटन पोखरामा कार्यरत एसएसपी अधिकारी बलात्कारको आरोपमा पक्राउ परेका हुन् ।

सशस्त्र मुख्यालय उच्चस्रोतका अनुसार एसएसपी अधिकारीले चितवनको भरतपुर बस्ने एक महिलालाई आफ्नै कार्यालयमा बोलाएर बलात्कार गरेको पाइएको छ । बलात्कार गरेको स्थानबाट ४ वटा भियग्राको खोल भेटिएको स्रोतले जानकारी दियो । उनीहरुले भित्रसँगै रक्सी खाएका थिए ।

एसएसपी अधिकारीले ती महिलालाई लठ्याउने औषधी खुवाएर बलात्कार गरेको आरोप छ । ती महिलाले आफूलाई बलात्कार गरेको भन्दै प्रहरी कार्यालयमा उजुरी दिएकी छन् ।

अधिकारीमाथी रोल्पामा २०५६ सालमा प्रहरी निरीक्षक हुंदा आमा छोरीलाई बलात्कार गरेको अभियोग लागेको थियो । उनले माओवादीलाई प्रहरी सुराकी गरेको भन्दै दुवैलाई पक्राउ गरेर ल्याएको र बलात्कार समेत गरेका थिए । तत्कालिन आईजीपी अच्युतकृष्ण खरेलले अधिकारीलाई बर्खास्त गर्न खोजेका थिए । तर, तत्कालिन सरकारले उनलाई बर्खास्त नगर्न दबाव दिएपछि उनि पछि हटेका थिए । त्यसपछि अधिकारीलाई १० महिना नपुग्दै तानेर पकली गणमा राखिएको थियो ।

त्यस्तै अधिकारीले हाइटी मिसनमा हुंदा आत्महत्या गर्ने प्रयास गरेका थिए । उनले आफ्ना छोरालाई आफूले आफैलाई मार्न लागेको भन्दै फेसकबुकमा स्टाटस समेत लेखेका थिए । तर, उनलाई सशस्त्रका एक डिएसपीको सहयोगमा उक्त कार्य गर्नबाट रोकिएको थियो । अधिकारी मादक पर्दाथ सेवन गरेर बवाली मच्चाउने अधिकृतका रुपमा चिनिन्छन् ।

हालका महानिरीक्षक शैलेन्द्र खनालसंग निकट सम्बन्ध भएका अधिकारीलाई पोखराको कमाण्ड दिंदा नै विरोध भएको थियो । तर, उनै खनालले के कारणले हो अधिकारीलाई नै कमाण्ड दिन जोडवल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement