काठमाण्डु – सशस्त्र प्रहरीका ११ जना एसपीहरुको सरुवा तथा पदस्थापन भएको छ । सरुवा हुनेमा एसएसपीहरु विदुर खड्का आर्थिक प्रशासन महाशाखा, दीपक अधिकारी कमाण्ड एण्ड स्टाफ कलेज,विनोदराज श्रेष्ठ मानवस्रोत विभाग र प्रकाश थापा मानव स्रोत विभाग रहेका छन् ।
त्यसैगरी एसएसपीमा बढुवा भएका एसएसपीहरु प्रविण कंडेल पशुपती बाहिनी,विष्णु भट्ट छिन्नमस्ता बाहिनी,दिगविजय सुवेदी विन्ध्यावासिनी बाहिनी,विश्व भट्टराई बराह बाहिनी र भुपेन्द्र केसीको सीमा बिभागमा पदस्थापन भएको छ ।
त्यसैगरी कमल प्रसाद तिउसीना महानिरीक्षकको सचिवालय,नीरकृष्ण अधिकारी महेश्वरी बाहिनी,सुधिरजंग थापा रासुप,किरण बस्नेत मानवस्रोत विभाग,माधवप्रसाद पौडेल गढिमाई बाहिनी र दिपेन्द्र कुंवरको ईन्टेलिजेन्स ब्युरोमा पदस्थापन भएको स्रोतले जनाएको छ ।




प्रतिक्रिया