एपीएफमा कमाण्ड तथा स्टाफ कोर्ष संचालन

एपीएफमा कमाण्ड तथा स्टाफ कोर्ष संचालन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं–सशस्त्र प्रहरी बल कमाण्ड तथा स्टाफ कलेज सानो गौचरण काठमाडौंमा चौंथो समूहको ‘एपीएफ कमाण्ड तथा स्टाफ कोर्ष’ संचालन भएको छ ।सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी बलको मुख्यालय न हल्चोकमा आयोजित एक समारोहबीच चौथो समूहको ‘एपीएफ कमाण्ड तथा स्टाफ कोर्ष’को उद्घाटन गरेका थिए ।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले सो अवसरमा गहन अध्ययन र परिश्रमबाट उक्त कोर्षको प्रवेश परिक्षामा उत्तीर्ण भई सो कोर्षमा छनोट भएकोमा परिक्षार्थी अधिकृतहरुले गर्व गर्नुपर्ने चर्चा गर्दै मेहनतका साथ उक्त कोर्ष सम्पन्न गर्नुपर्ने बताए । एपीएफ अधिकृतहरुको व्यावसायिक क्षमता र योग्यतामा अभिवृद्वि गरि भविष्यमा संगठनको नेतृत्व गर्नसक्ने सक्षम अधिकृत उत्पादन गर्ने उद्देश्यले सो स्टाफ कलेज स्थापना भएको खनालको भनाई थियो ।

त्रिभुवन विश्वविद्यालय (मानबिकि तथा समाजशास्त्र)का डिन शिवलाल भुसालले यस्ता कोर्षले एपीएफ अधिकृतको ज्ञान र क्षमतामा अभिवृद्धि हुने चर्चा गर्दै कोर्ष उपयोगी रहेको उल्लेख गरे । उनले सशस्त्र प्रहरी बल नेपालले आफ्नो कार्यक्षेत्र भित्रका विविध काम कारवाहीमा सफलता प्राप्त गरिरहेको भन्दै संगठनले आफ्नो दायित्व निर्वाहमा उत्कृष्ट कार्य गरिरहेको बताए ।

सशस्त्र प्रहरी बल कमाण्ड तथा स्टाफ कलेजका शैक्षिक संयोजक अवकाश प्राप्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रविराज थापाले ज्ञान, सिप तथा व्यावसायिक क्षमता अभिवृद्धिमा यस कोर्षले महत्वपूर्ण योगदान पु¥याउने उल्लेख गर्दै कोर्षको समाप्तीपछि प्रशिक्षार्थीहरुले अझै बढि योगदान पु¥याउन सफल हुने विश्वास व्यक्त गरे ।

सशस्त्र प्रहरी बल कमाण्ड तथा स्टाफ कोर्षमा राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय सुरक्षा चुनौती तथा सुरक्षा रणनीति, द्वन्द्ध व्यवस्थापन, संयुक्त राष्ट्रसंघीय पद्धती, नेतृत्व र विकास, सीमा, भन्सार तथा औद्योगिक सुरक्षा, विशिष्ट व्यक्ति तथा महत्वपूर्ण प्रतिष्ठानको सुरक्षा, विपद व्यवस्थापन लगायत सुरक्षा, विकास र शान्ति लगायतका विषयहरु समेटिएको कुरा समारोहमा चर्चा गरिएको थियो ।

१८ महिना अवधिको उक्त कोर्षमा कूल १२ जना सशस्त्र प्रहरी नायव उपरीक्षकहरु सहभागी रहेका छन् ।