मन्त्रिपरिषद बैठक : सशस्त्र प्रहरीका तीन एआईजीको सरुवा


काठमाडौं– सरकारले सशस्त्र प्रहरीका तीन जना एआईजीको सरुवाको गरेको छ । मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले सशस्त्र प्रहरीका तीन जना एआईजीहरुको सरुवा गरेको हो ।

सरकारका प्रवक्ता समेत रहेका संचारमन्त्री गोकुल बांस्कोटाकाअनुसार सरुवा हुनेमा एआईजीहरु पुष्पराम केसी, कार्य तथा सिमा विभाग, नारायणबावु थापालाई मानवस्रोत विभाग(साविकको प्रशासन विभाग) र रामशरण पौडेल राष्ट्रिय सशस्त्र प्रहरी बलको प्रशिक्षण प्रतिष्ठान रहेका छन् ।

उनिहरु तीनै जना एकै चोटी एआईजीमा बढुवा भएका थिए । वरियतामा पहिलो नम्बरमा रहेका एआईजी केसीलाई कार्य विभागमा सरुवा गरिएको छ ।

यसअघि शसस्त्रमा वरियतामा एक नम्बरमा रहेका एआईजीलाई प्रशासन विभाग पठाउने प्रचलन थियो । तर,शसस्त्र महानिरीक्षकको प्रतिस्पर्धामा रहेका केसीलाई आईजिपी शैलेन्द्र खनालको सिफारीसमा कार्य विभागमा सरुवा गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस
Advertisement