भीभीआईपीका सुरक्षामा खटिएका सशस्त्र प्रहरीलाई सीमामा खटाउने सरकारको घोषणा

भीभीआईपीका सुरक्षामा खटिएका सशस्त्र प्रहरीलाई सीमामा खटाउने सरकारको घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले भीभीआईपीको सुरक्षामा खटिएका सशस्त्र प्रहरीलाई सीमा खटाने निर्णय गरेको छ । भीभीआईपीका सुरक्षाकर्मी कटौती गर्दै सीमामा खटाउने निर्णय भएको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिएका हुन् ।

सोमबार बसेको संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा बोल्दै मन्त्री ज्ञवालीले भने, ‘भीआईपी सुरक्षामा सशस्त्र प्रहरीलाई खटाइँदै आएकोमा अब त्यहाँबाट झिकेर सबैलाई सीमामा खटाउने निर्णय भएको छ ।’

त्यस्तै उनले लिपुलेक क्षेत्रमा नेपालको भूमि मिचेर भारतले सडक बनाएका विषयमा कोरोना महामारीको बहानामा सरकार पर्खिने पक्षमा नरहेको, भारतसँग तत्काल वार्ता गर्न चाहेको बताएका छन् ।

‘अहिले हामीसँग दुई देशबीच वार्ताका लागि सचिवस्तरको संयन्त्र छ, यसैबाट समस्या समाधा भयो भने ठीकै छ,’ मन्त्री ज्ञवालीले भने, ‘यदि यसबाट पनि भएन भने परराष्ट्रमन्त्रीस्तरको गरौं, त्योबाट भएन भने उच्च राजनीतिक तहको वार्ता गर्न पनि हामी तयार छौं ।’