एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै, यस्ता छन् बैठकका एजेण्डा

एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै, यस्ता छन् बैठकका एजेण्डा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ । चार गतेदेखि ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा सुरू भएको एमालेको १०औँ केन्द्रीय कमिटी बैठक आज पनि बस्ने भएको हो ।

बैठकमा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको निवर्तमान सरकारका उपलब्धि, सर्वोच्च अदालतको असार २८ गतेको फैसला, पार्टीको आगामी कार्ययोजना, पार्टीको सुदृढीकरण तथा शुद्धीकरण अभियानलगायत विषय कार्यसूचीमा रहेका छन् ।

एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले पार्टी नियमविपरीत नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा विश्वासको मत दिने नेता माधवकुमार नेपालसहित २२ सांसद्लाई स्पष्टीकरण सोधेको एमालेले त्यसबारे जवाफ आएपछि निर्णय गर्ने जानकारी जानकारी दिए ।