रास्वपा नेता पाँडेलाई धरौटीमा छाड्न आदेश

रास्वपा नेता पाँडेलाई धरौटीमा छाड्न आदेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– रास्वपा नेता अरनिको पाँडेलाई धरौटीमा छाड्न काठमाण्डु जिल्ला अदालतले आदेश दिएको छ।

शुक्रबार जिल्ला न्यायाधीश ध्रुवराज कार्कीको इजलासले उनलाई २० हजार धरौटीमा छाड्न आदेश जारी गरेको हो।

सरकारी वकिलले उनीविरुद्ध आजै बिहान मुद्दा दर्ता गरेको थियो भने आजै साइबर क्राइम सम्बन्धी मुद्दामा बयान र थुनछेक बहस गरेको थियो ।

एक महिलालाई इमेल तथा सामाजिक सञ्जालमार्फत गालीगलौज गरेको आरोप पाँडेमाथि छ। उनलाई प्रहरीले बुधबार पक्राउ गरेको थियो। उनीविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा मुद्दा दर्ता भएको थियो।

हिजो बिहीबारमात्रै उनलाई अदालतले ४ दिन हिरासतमा राखेर थप अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो।