काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य डा. अरनिको पाँडेलाई ४ दिन थुनामै राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
जिल्ला अदालत काठमाण्डुले उनीविरुद्ध अनुसन्धान गर्नका लागि ४ दिन म्याद थप गरेको हो ।
एक जना महिलालाई सामाजिक सञ्जाल मार्फत गालीगलौज गरेको आरोपमा उनी बुधबार पक्राउ परेका हुन् ।
महिलाले उजुरी दिएपछि पक्राउ गरिएको साइबर ब्यूरोले जनाएको छ । वातावरणविद् पाँडे २०७९ साल भदौमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका थिए ।




प्रतिक्रिया