गोली हान्ने धम्की दिने व्यक्ति हतियारसहित पक्राउ

गोली हान्ने धम्की दिने व्यक्ति हतियारसहित पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौैं– आपसी विवादमा बन्दुक देखाएर धम्काउने व्यक्ति नयाँबजारको टाउन प्लानिङमा पक्राउ परेका छन्। ६० वर्षीय राम बहादुर पाईजालाई १६ बोरको एकनाले बन्दुक १ र त्यसको ७ राउण्ड गोली सहित प्रहरीले शनिबार पक्राउ गरेको हो।

धादिङ छत्रेदेउराली–९ घर भएकी ३५ वर्षीया महिलासँग झगडा हुँदा उनले आफुसँग बन्दुक रहेको भन्दै गोली हान्ने धम्की दिएका थिए। सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरी टोलीले पाईजाको कोठामा रहेको उक्त हतियार सहित उनलाई नियन्त्रणमा लिएको हो।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डिएसपी भेषराज रिजालका अनुसार उनले लाइसेन्स लिएर नै हतियार राखेका थिए। तर, हतियारको दुरुपयोग गरेकाले उनलाई कारबाही हुने डिएसपी रिजाल बताउँछन्। प्रहरीले उनको लाइसेन्स रद्दका लागि सिफारिस गर्न लागेको छ।