भारतीय सेनाका कर्णेलको झोलामा २० राउण्ड गोली, त्रिभुवन विमानस्थलबाट पक्राउ

भारतीय सेनाका कर्णेलको झोलामा २० राउण्ड गोली, त्रिभुवन विमानस्थलबाट पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– भारतीय सेनाका एक जना कर्णेल २० राउण्ड गोलीसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्।

आइतबार दिउँसो बुद्ध एयरको विमानबाट पोखरा जान लागेका भारतीय सेना आसाम राइफलका कर्नेल बलबहादुर पुन पक्राउ परेका हुन्।

प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीका अनुसार विमानस्थलको आन्तरिक टर्मिनलको सुरक्षा जाँचअन्तर्गत एक्सरे मेसिनमा चेक जाँच गर्ने क्रममा गोली भेटिएपछि पुनलाई पक्राउ गरिएको हो।

उनको साथबाट प्रहरीले प्वाइन्ट टु टु मिमिको  गोली बरामद गरेको हो। उनी चितवनका स्थायी बासिन्दा हुन्।

पुनलाई आवश्यक अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त गौशाला लगिएको छ।