यौनधन्दा चलाएको आरोपमा होटलकी सञ्चालिका पक्राउ

यौनधन्दा चलाएको आरोपमा होटलकी सञ्चालिका पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर– होटलमा यौनधन्दा चलाएको आरोपमा प्रहरीले विराटनगरको एउटा होटलकी सञ्चालिकालाई पक्राउ गरेको छ।

रोजगारीको सिलसिलामा आएका युवतीहरूलाई रेष्टुरेन्टमा आउने ग्राहकहरूसँग यौन सम्पर्क गर्न लगाउने गरेको आरोपमा प्रहरीले विराटनगर महानगरपालिका– ११ टिफिन रेष्टुरेन्टकी सञ्चालिका प्रिया श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो।

श्रेष्ठले युवतीहरुलाई डर त्रास देखाई करकापमा यौन सम्पर्क राख्न लगाउने गरेको खुलेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए।

पक्राउ परेकी श्रेष्ठलाई मानव बेचविखन तथा ओसार पसार ऐन २०६४ बमोजिम जिल्ला अदालत मोरङबाट म्याद थप गरी अनुसन्धान शुरु गरिएको उनले जानकारी दिए ।