श्रीमानसहित पक्राउ परिन पूर्वसभासद् गायत्री साह

श्रीमानसहित पक्राउ परिन पूर्वसभासद् गायत्री साह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं— पूर्व सभासद् गायत्री साह  श्रीमान राजेश महतोसहित  पक्राउ परेकी छिन्।

मेडिसिटी अस्पताल र वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा.निरासिंह श्रेष्ठको लापराबाहीका कारण ‘डाउन सिन्ड्रम’ भएको बच्चा जन्मिएको आरोप लगाउँदै गायत्री साह र उनका श्रीमान केही दिनदेखि त्यहाँ आन्दोलनरत रहेकाेमा उनीहरू पक्राउ परेका हुन्।

अस्पताल र उपचारमा संलग्न चिकित्सक डा.श्रेष्ठको लापरवाहीले आफ्नो बच्चा ‘डाउन सिन्ड्रम’ भएको जन्मिएको दावी गर्दै पूर्वसभासद् साहले बच्चाको स्वास्थ्यको जिम्मा अस्पतालले लिनुपर्ने दावी गर्दै अाएकी थिइन्।

तर अस्पतालल आफ्नो कारण डाउन सिन्ड्रम बच्चा नजन्मेको दावी गर्दै आएको छ । अस्पतालले पटक पटक बच्चा बुझ्न साहलाई आग्रह गरेपनि बुझ्न मानेको छैन ।

अस्पतालमा बच्चालाई दुध खुवाई रहेको बेला प्रहरीले पूर्वसभासद् साह र उनका श्रीमानलाई पक्राउ गरेर लगेको गायत्री साहका दाजु सुवास चन्द्र साहले बताए ।