विप्लवका पोलिटब्युरो सदस्य विस्फोटक पदार्थसहित पक्राउ

विप्लवका पोलिटब्युरो सदस्य विस्फोटक पदार्थसहित पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपालगञ्ज— नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका पोलिटब्यूरो सदस्य भरत बमलाई बाँकेमा विस्फोटक पदार्थसहित प्रहरीले पक्राउ गरेको छ।

कोहलपुर–नेपालगञ्ज सडकखण्डमा पर्ने जानकी गाउँपालिका(६ गनापुरबाट पोलिटब्युरो सदस्य बमलाई पक्राउ गरिएको बाँकेका प्रहरी उपरीक्षक अरुण घिमिरेले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको टोलीले बमलाई पक्राउ गरेको हो।

बमको साथबाट विस्फोटक पदार्थ, ल्यापटप र पार्टीको दस्तावेज फेला परेको प्रहरी उपरीक्षक पौडेलले बताए।