काठमाडौं– राजधानीमा ठगी धन्दा चलाउँदै आएका दुई जना भगौडा प्रहरी पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंले ‘प्रहरी भएको’ भनेर रकम असुली गर्ने अर्घाखाँची सीतापुर–६ घर भएर बानेश्वर बस्दै आएका हरिलाल खनाल र सोही ठाउँका कपिल रिजाललाई पक्राउ गरेको हो।
परिसरका प्रमुख एसएसपी उत्तमराज सुवेदीले उनीहरुले १ लाख रुपैयाँ ठगी गरेका थिए । खनाल ०६९ सालमा प्रहरीको जागिर छाडेर भागेको सुदेवीले जानकारी दिए।




प्रतिक्रिया