नक्कली सुन देखाई ठगी गर्ने पाँच जना प्रहरीकाे फन्दामा

नक्कली सुन देखाई ठगी गर्ने पाँच जना प्रहरीकाे फन्दामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं—नक्कली सुन देखाई ठगी गर्ने पाँच व्यक्तिलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाकोटोलीले बौद्ध क्षेत्रमा अवैध सुन देखाई ठगी गर्ने चितवनकी टिनु घिमिरे पन्त, काठमाडौँकी सुस्मिता आचार्य, सिन्धुपाल्चोकका जीवन सुनार, सुनसरीका जीवन धामी चौधरी र गोरखाका जाम्बु लामालाई पक्राउ गरेको हो ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुल थापाले नक्कली सुनलाई सक्कली भनी ठगी गरेकाले बिस्कुट आकारको नक्कली सुनसहित पक्राउ गरिएको जानकारी दिए।

बौद्धको पिपलबोटस्थित एमएस ज्वेलर्समा सुन राखिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको थियो ।