वेश्यावृत्ति सञ्चालनको आरोपमा होटलका सञ्चालक प्रहरी फन्दामा

वेश्यावृत्ति सञ्चालनको आरोपमा होटलका सञ्चालक प्रहरी फन्दामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नवलपरासी– वेश्यावृत्ति सञ्चालनको आरोपमा प्रहरीले एक होटल व्यवसायीलाई पक्राउ गरेको छ।

प्रहरीले नवलपरासीको सुनवल नगरपालिका १२ भूमहीमा होटल सञ्चालन गर्दै आएका सुनवल नगरपालिका–२, बस्ने देवबहादुर थापा मगरलाई पक्राउ गरेको हो।

देवबहादुर थापा मगर र मध्यबिन्दु नगरपालिका–१२, बस्ने ३६ वर्षीय यमुना गुरुङले भूमहीमा त्रिदेव रेष्टुरेण्ट एण्ड बार सञ्चालन गर्दै आएको र होटलमा वेश्यावृत्ति सञ्चालन गरिरहेको स्थानीयको गुनासो आएपछि सञ्चालक मगरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

स्थानीयको गुनासो आएपछि होटलमा छापा मार्दा वेश्यावृत्ति सञ्चालन गरिएको पाइएपछि मगरलाई प्रहरीले हिरासतमा लिएको छ । होटलका कामदार तीन जना १८, १९ र २० वर्षका युवतीहरुलाई वेश्यावृत्तिमा लगाएको पाइएकाले मगरलाई मानव बेचबिखन तथा ओसार पसार कसुर अन्तर्गतको मुद्धामा हिरासतमा लिइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।