नेपाली किशोरी दिल्लीको कोठीमा पुर्‍याउने प्रहरी फन्दामा

नेपाली किशोरी दिल्लीको कोठीमा पुर्‍याउने प्रहरी फन्दामा


काठमाडौं– नेपाली किशोरीलाई भारतको राजधानी नयाँदिल्लीमा पुर्याएर देहव्यापारका लागि विक्री गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

 

 

 

गाउँका किशोरीहरुलाई आकर्षक जागिर लगाइदिने भन्दै कोठीमा पुर्याउने नुवाकोटका सुनबहादुर तामाङलाई सीआईबीले पक्राउ गरेको हो।

 

 

 

सिआईबीका एसपी जीवनकुमार श्रेष्ठका अनुसार तामाङले दुई वर्षअघि दुई किशोरीलाई याँदिल्लीको कोठीमा लगेर विक्री गरेका थिए।

 

 

 

पीडित किशोरीहरु नेपाल फर्किएर प्रहरीमा उजुरी गरेपछि सीआईबीले तामाङलाई बुधबार नुवाकोटको दुप्चेश्वरबाट पक्राउ गरेको हो ।

 

पक्राउ परेका तामाङलाई मानव बेचबिखन मुद्दामा अनुसन्धान अघि बढाइएको एसपी श्रेष्ठले जनाए।