चन्दा असुल्ने भूपू सैनिकसहित १२ जना प्रहरी नियन्त्रणमा

चन्दा असुल्ने भूपू सैनिकसहित १२ जना प्रहरी नियन्त्रणमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इलाम– प्रहरीले निर्वाचन विरोधी गतिविधिमा संलग्न तथा चन्दा असुलीमा लागेका १२ जनालाई इलामबाट पक्राउ गरेको छ।

 

 

 

स्थानीयबाट चन्दा संकलन गरिरहेका पूर्व नेपाली सेनासहित १२ जनालाई पक्राउ गरेको इलामका प्रमुख एसपी विपीन कर्मचार्यले बताए।

 

 

 

पक्राउ पर्नेमा नेपाली सेनाका भूपू जागिरे चितवनका वसन्तबहादुर बराल, चितवनकै मुक्तिनाथ अधिकारी, तनहुँका रामु सुवेदी, गोर्खाका अग्नि उपरकुटी, गुल्मीका तेजेन्द्र जिसी, गुल्मीकै कोपिला थापा, काठमाडौँका कृष्ण थापा, काठमाडाँैकै मीना केसी, तेह्रथुमका कृष्णप्रसाद अधिकारी, संखुवासभाका अर्जुनकुमार गौतम, संखुवासभाकै रमेश गौतम र रुपन्देहीका माया रहेका छन्।

 

 

 

प्रहरीले पक्राउ पर्नेको साथबाट गौरव युवा एकता पीडित उद्धार सेवा समाज र नाइट युवा समाजको पर्चा र रसिद, तीनथान नागरिकता, चारथान मतदाता परिचयपत्र र नेपाली चार हजार ५०० तथा भारतीय दुई हजार ५७० बरामद गरेको छ।

 

उनीहरु इलामको सूर्योदय नगरपालिका–१ गोर्खे्स्थित मंगलबारेबाट पक्राउ परेका हुन्।