अपहरण गरी रकम असुल्ने तीन ‘नक्कली सीआईबी’ राजधानीबाट पक्राउ

अपहरण गरी रकम असुल्ने तीन ‘नक्कली सीआईबी’ राजधानीबाट पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौंः नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अपहरण गरी बन्धक बनाएर रकम असुली गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ।

 

 

सीआईबीको टोलीले रोल्पा थवाङका सुनिलकुमार थामी,आत्मियता बुढामगर र रुकुमका जितेन्द्र सुनारलाई काठमाडौंको सुनधाराबाट पक्राउ गरेको हो ।

 

प्रहरीका अनुसार उनीहरुले गत भदौ ६ गते घोराहीका हस्तबहादुर नेपालीलाई काम भएको भन्दै काठमाडौंको माछापोखरीको वाईपास जाने बाटोमा पर्ने सपिङ मल अगाडिको गेष्ट हाउसमा बोलाएका थिए। आत्मियताले पीडितसँग पुरानो चिनजानको फाइदा उठाउँदै बिरामी परेको भन्दै सापटी माग्न बोलाएका थिए।

तर, गेष्ट हाउसको कोठामा पुर्याएर पक्राउ परेका अन्यमार्फत कुटपिट गराई पाँच लाख मागेका थिए। भदौ ८ गते ७८ हजार लिएको र बाँकी रकम कागजमा भरपाई गराई छाडेको खुलेको छ।

 

हस्तबहादुर सीआईबीमा पुगेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

 

 

पक्राउ परेकाहरुले हस्तबहादुरलाई कुटपिट गर्दै आफूहरु केन्द्रीय अनुसन्धान ब्युरो र महानगरीय प्रहरी परिसर काठमाडौंबाट आएका प्रहरी रहेको भनेर रकम मागेको खुल्नमा आएको सीआईबी प्रवक्ता एसपी मीरा चौधरीले जानकारी दिइन्।

 

पक्राउ परेका तीनै जनाविरुद्ध काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको एसपी चौधरीले जनाइन्।