निर्वाचन विरोधी गतिविधिमा संलग्न प्रधानाध्यापक प्रहरी हिरासतमा

निर्वाचन विरोधी गतिविधिमा संलग्न प्रधानाध्यापक प्रहरी हिरासतमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 खोटाङ– निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा खोटाङमा प्रधानाध्यापक पक्राउ परेका छन्।

 

प्रहरीले लामिडाँडा गाउँपालिका–२ खार्पाका रत्न राज्यलक्ष्मी आधारभूत विद्यालय कुभिण्डेका प्रधानाध्यापक शेखर पोखरेललाई पक्राउ गरेको हो।

 

 

प्रधानाध्यापक पोखरेललाई गएराति लामीडाँडा प्रहरी चौकीको टोलीले घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले बताए।

 

मंसिर १० गते सम्पन्न पहिलो चरणको निर्वाचनलाई लक्ष्य गरेर विभिन्न ठाउँमा बम विस्फोट गराउनुका साथै विभिन्न व्यक्तिको घरजग्गा कब्जा गर्नेसम्मको गतिविधिमा पोखरेलको संलग्नता रहेको प्रहरीको दाबी छ।