जीपको सिट मुनि लुकाइराखेको चरेस बरामद, चालक पक्राउ

जीपको सिट मुनि लुकाइराखेको चरेस बरामद, चालक पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बझाङ– बझाङ प्रहरीले लागूऔषध चरेससहित एक जनालाई पक्राउ गरेको छ।

 

 

बंगल नगरपालिका–३ दहबगरबाट कैलालीको सहजपुरतर्फ लैजादै गरेको से १ ज १७५० नम्बर को जीपबाट प्रहरीले शनिबार एक केजी ५० ग्राम चरेस बरामद गरेको हो।

 

 

 

जीप चालकको सिट मुनि लुकाइराखेको अवस्थामा अस्थायी प्रहरी पोष्ट, बिजगडाको प्रहरी टोलीले चरेश बरामद गरेको प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले बताए। प्रहरीले जीप चालक कैलाली जिल्ला चुरे गाउँपालिका–१ का संगम आचार्यलाई पक्राउ गरेको छ।