अर्जेन्टिनाका पूर्व राष्ट्रपतिको निधन

अर्जेन्टिनाका पूर्व राष्ट्रपतिको निधन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ब्युनस आयर्स – दक्षिण अमेरिकी मुलुक अर्जेन्टिनाका पूर्व राष्ट्रपति कार्लोस मेनेमको ९० वर्षको उमेरमा निधन भएको छ । स्थानीय सञ्चारमाध्यमहरुले उनको हृदयघातका कारण निधन भएको जनाएका छन् ।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई केही दिनअघि ब्युनस आयर्सस्थित लस आर्कोस अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । श्री कार्लोस सन् १९८९ देखि १९९९ सम्म अर्जेन्टिनाको राष्ट्रपति रहेका थिए । उनले सन् २००५ देखि ला रियोजा प्रान्तबाट सिनेट सदस्य पनि रहेका थिए ।

राष्ट्रपति अल्बर्टो फर्नान्डेजले पूर्व राष्ट्रपति मेनेमको निधनप्रति दुःख प्रकट गर्दै पूर्व राष्ट्रपति मेनेम लोकतन्त्रका लागि सदैब प्रतिबद्ध राष्ट्रका सच्चा नेता रहनुभएको बताए । –सिन्ह्वा