अर्जेन्टिनाका खेलाडीले भेदभावपूर्ण भाषा प्रयोग गरेको विषयमा छानबिन शुरु

अर्जेन्टिनाका खेलाडीले भेदभावपूर्ण भाषा प्रयोग गरेको विषयमा छानबिन शुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-फिफाले अर्जेन्टिनाका खेलाडीले रङ्गभेदी नारा लगाएको विषयमा छानबिन शुरु गरेको छ । कोपा अमेरिकाको उपाधि जितेपछि उनीहरूले फ्रान्सेली खेलाडी किलियन एम्बाप्पे लगायतलाई लक्षित गरी रङ्गभेदी नारा लगाएका थिए ।

भेदभावपूर्ण भाषा प्रयोग गरी नारा लगाएको भिडिययो सामाजिक संजालमा भाइरल भएपछि फिफाले घटनाको अनुसन्धान भइरहेको जनाएको हो । यो विषयमा फिफा खेलाडी, समर्थक र कर्मचारी कसैले पनि कुनै छुट नपाउने फिफाका प्रवक्ताको भनाई छ ।

चेल्सी तथा अर्जेन्टिनाका खेलाडी एन्जो फर्नान्डिजले गएको सोमवार कोलम्बियासँग कोपा जितपछि सामाजिक सञ्जालमा हालेका लाइभ भिडियोमा उनीसहित केही खेलाडीले सन् २०२२ को विश्वकप फाइनलमा अर्जेन्टिनाले फ्रान्सलाई हराएको भन्दै गीत गाएका थिए ।

यो गीतमा एम्बाप्पेलगायत केही खेलाडीलाई लक्षित गरी अपमानजनक शब्द समावेश गरिएको थियो ।