भारत उडिन् परराष्ट्रमन्त्री राणा, के के छन् कार्यसूचिमा ?

भारत उडिन् परराष्ट्रमन्त्री राणा, के के छन् कार्यसूचिमा ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आज भारत उडेकी छन् । मन्त्री डा. राणा भारतको झारखण्डस्थित बाबा बैद्यनाथ धाममा पूजाआजामा सहभागी हुने कार्यक्रम छ ।

मन्त्री डा. राणालाई परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र मन्त्रालयका उच्च अधिकारीहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाइ गरेका थिए ।

उनी भारतको विदेश मन्त्रालयले १७ मार्चदेखि नयाँ दिल्लीमा आयोजना गर्ने राइसिना डायलगमा पनि सहभागी हुनेछिन् ।

भारत सरकारको निमन्त्रणामा उक्त डायलगमा मन्त्री डा. राणासहित विश्वका विभिन्न देशका प्रधानमन्त्री तथा विदेशमन्त्रीहरूको सहभागिता रहनेछ ।

सो कार्यक्रमलाई मन्त्री  राणाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

चैत ४ देखि ६ गतेसम्म हुने राइसिना डायलगको उद्घाटन भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गर्नेछन् ।

उक्त भ्रमणको क्रममा मन्त्री राणाले भारत सरकारका उच्चस्तरीय अधिकारीहरू र केही विदेशी सहभागीहरूलाई पनि भेट्ने कार्यक्रम छ ।

उक्त कार्यक्रममा मन्त्री राणाले प्रधानमन्त्री मोदीलाई भेटेर सगरमाथा संवादको कार्यक्रमका लागि आमन्त्रण गर्ने बताइएको छ ।

केहि दिन अघि प्रधानमन्त्री मोदीसँग भेटघाटको समय मिलाउन नयाँ दिल्लीस्थित नेपाली राजदूत डा. शंकर शर्माले विदेश सचिव विक्रम मिश्रीलाई औपचारिक आग्रह गरेका थिए।