बालकृष्ण खांड पक्राउ परेसंगै आरजु र मन्जु खाडंमाथि अनुसन्धान गर्न बाटो खुल्यो


काठमाण्डु – पूर्व गृहमन्त्री बालकृष्ण खांडलाई प्रहरीले पक्राउ गरेको छ । खांड पक्राउ परेसंगै उनकी पत्नी मन्जु खांड र कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणालाई समेत अनुसन्धान गर्ने बाटो खुलेको छ ।

उनिहरुमाथि समेत ६ करोडभन्दा बढी रकम लिएको आरोप छ । त्यसको अडियो समेत सार्वजनिक भइसकेको छ । यद्यपी कांग्रेस नेतृ राणाले भने त्यो अडियो नक्कली भएको दावी गरेकी छिन् ।

प्रहरीले त्यसबारेमा अनुसन्धान अन्तिम चरणमा पुगाएको छ । प्रहरीले प्रक्राउ गरेको अभियुक्तहरुले खांडले ४ करोड ७५ लाखभन्दा बढी रकम असुल गरेको वयान दिएका छन् ।

यो प्रक्ररणमा पूर्व गृहसचिव टेकनारायण पाण्डेसहित १० जना पक्राउ परिसकेका छन् । एमाले सचिव टोपबहादुर रायामाझी भने अहिले फरार छन् ।

प्रहरीले थप ८ जनालाई पक्राउ गर्ने तयारी गरेको स्रोतले बतायो । यो प्रकरणमा तत्कालिन गृहमन्त्री खांड र गृहसचिव पाण्डेको मिलेमतोमा रकम लेनदेन भएको प्रमाणित भइसकेको छ ।

‘अहिले कांग्रेस सभापति पत्नी आरजु र बालकृष्ण पत्नी मन्जु खांडमाथि अनुसन्धान चलिरहेको छ । प्रमाणित भयो भने उहांहरुलाई पनि पक्राउ गर्छौं । ’ प्रहरी स्रोतले काठमाण्डुपाटीसंग भन्यो ।

खांडलाई शिर्ष राजनीतिक नेतृत्वले बचाउने प्रयास गरेपनि प्रहरीले बुधवार विहानै उनलाई पक्राउ गरेको हो । काठमाण्डु प्रहरी प्रमुख दानबहादुर कार्कीले यसको नेृतत्व गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement