काठमाण्डु-परराष्ट्रमन्त्री आरजु राणा भारत जाने भएकी छिन् । हाल युरोप भ्रमणमा रहेकी उनी सम्भवतः उतैबाट भारत भ्रमणमा जाने छिन् ।
भारतको राजधानी नयाँ दिल्लीमा हुने अन्तर्राष्ट्रिय शैक्षिक गोष्ठीमा सहभागी हुन मन्त्री राणा नयाँ दिल्ली जाने कार्यक्रम रहेको उनका प्रेस सल्लाहकार एकराज पाठकले जानकारी दिए । गोष्ठी डिसेम्बर १९ मा नयाँदिल्लीमा हुनेछ । यद्यपी मन्त्री राणाको दिल्ली जाने कार्यक्रम भने निश्चित छैन । ‘समय मिले उहाँ युरोपबाटै दिल्ली जानु हुनेछ’, सल्लाहकार पाठकले भने, ‘तर उहाँ जाने वा नजाने निश्चित छैन ।’
दिल्लीमा मन्त्री राणाले भारतका विदेशमन्त्री एस जयशंकरदेखि उच्च तहका व्यक्तिसँग भेटघाट गर्ने पनि कार्यक्रम छ । साथै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेट गर्ने तयारी भइरहेको छ ।




प्रतिक्रिया