अख्तियारलाई आरजुको जवाफः तत्काल बयानमा आउन सक्दिन

अख्तियारलाई आरजुको जवाफः तत्काल बयानमा आउन सक्दिन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– ई–पासपोर्ट छपाई प्रकरण अनियमिततामा छानबिनको दायरामा परेकी पूर्वपरराष्ट्रमन्त्री एवं काँग्रेस पूर्वसभापति शेरबहादुर देउवा पत्नी आरजु राणा देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई जवाफ पठाएकी छन् ।

अख्तियारले म्याद तामेली गरेपछि आरजुलाई बयानमा बोलाएको थियो ।

श्रोतका अनुसार आयोगलाई इमेल पठाउँदै उनले आफू उपचारका लागि देशबाहिर रहेकाले तत्काल उपस्थित हुन नसक्ने बताएकी छन् । तर, अनुसन्धानमा भने आफ्नो सहयोग रहने उनले उल्लेख गरेकी छन् ।


अख्तियारले केही दिनअघि ई–पासपोर्ट खरिद प्रकरणमा बयानका लागि उपस्थित हुन भन्दै जेनजी आन्दोलनकारीले जलाएर खण्डहरुमा परिणत भएको देउवा निवास बुढानीलकण्ठको खण्डहरमा म्याद टाँसेको थियो ।

उनलाई बाटोको म्यादबाहेक तीन दिनभित्र बयानमा आउन भनिएको थियो ।

आरजु र उनका पति पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा २१ फागुनको निर्वाचनअघि उपचारका लागि भन्दै सिंगापुर उडेका थिए ।

देउवा दम्पत्ती उतैबाट हङकङ गएको थियो ।
ई–पासपोर्ट छपाइमा अनियमितता आएको आशंकामा प्रधानमन्त्री कार्यालयको आग्रहमा अख्तियारले केही दिनअघि राहदानी विभागका महार्निेशक तीर्थराज अर्याललाई नियन्त्रणमा लिएको थियो ।