काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवा नेपाली कांग्रेसको वडा अधिवेशनबाट क्षेत्रीय प्रतिनिधि बनेकी छन् । उनी डडेलधुराको गन्यापधुरा गाउँपालिका वडा नम्बर १ बाट क्षेत्रीय प्रतिनिधि बनेकी हुन् ।
२०७४ सालको प्रतिनिधि सभा सदस्यको चुनाव कैलाली क्षेत्र नम्बर ५ बाट लडेकी उनले आगामी चुनाव पनि कैलालीबाटै लड्ने गरेर तयारी गरिरहेकी छन् ।
यसपटक क्रियाशिल सदस्य बनेका प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवा र आरजुका एकमात्र सन्तान जयवीर देउवा भने प्रतिनिधि बनेनन् ।
भदौ २५ गते भएको वडा अधिवेशनमा जयवीरले उम्मेदवारी नै दिएनन् । प्रधानमन्त्री देउवाको पनि सोही वडामा क्रियाशिल सदस्यता छ ।




प्रतिक्रिया