रसुवा घटनाले ठूलो क्षति गरायो, सरकार थप सचेत होस् : सांसद केसी

रसुवा घटनाले ठूलो क्षति गरायो, सरकार थप सचेत होस् : सांसद केसी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा ठूलो मानवीय र भौतिक क्षति भएको भन्दै सरकार थप सचेत हुनुपर्ने बताएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले उद्धार, राहत र पुन:स्थापनामा सरकारले प्रभावकारी अग्रसरता देखाउनुपर्ने बताए ।

‘रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा ठूलो मानवीय र भौतिक क्षति भएको भन्दै सरकार थप सचेत हुनपर्ने देखिरहेको छ । यस्तो बेला उद्धार, राहत र पुन:स्थापनामा सरकारले प्रभावकारी अग्रसरता देखाउनुपर्ने हुन्छ । अब सरकार चुप बस्न हुँदैन,’ उनले भने ।