नेपाल पत्रकार महासंघ प्रदेश नं ७ काे अध्यक्षमा शाह

नेपाल पत्रकार महासंघ प्रदेश नं ७ काे अध्यक्षमा शाह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैतडी- नेपाल पत्रकार महासंघ प्रदेश नं ७ को ऐतिहासिक पहिलो प्रदेश निर्वाचनबाट अध्यक्षमा अर्जुन शाह निर्वाचित भएका छन् । शाहले ३७९ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उनका निकटतम प्रतिद्वन्द्वी हरि जोशीले २६२ मत प्राप्त गरे ।

शाहले ११७ मतान्तरले जोशीलाई पराजित गरेका हुन् । प्रदेश नं ७ मा अरु पदका लागि भने प्रेस युनियन, प्रेस चौतारी र प्रेस सेन्टरको सहमतिमा निर्विरोध निर्वाचित भएका छन् ।

अध्यक्ष पदका लागिमात्रै भएको निर्वाचनमा दुबै प्रेस चौतारीका उम्मेदवार हरि जोशी र अर्जुन शाह भिड्नुभएको हो । प्रेस चौतारी नेपाल, प्रेस युनियन र प्रेस सेन्टर तीनवटै संगठनले देशभरका सबै प्रदेश, उपत्यका र एशोसिएट कमिटीमा भागबण्डा गरेका थिए ।