काठमाण्डु – प्रधानमन्त्री सुशीला कार्की र जेनजी अभियन्ता सुधन गुरुङसँग नजिक रहेका अर्जुन शाहीलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाण्डु प्रहरी परिसरका प्रवक्ता पवन भट्टराईका अनुसार शाहीलाई बुधबार साँझ साढे ७ बजे कोटेश्वरबाट पक्राउ गरिएको छ ।
उनी विभिन्न आपराधिक मुद्दामा संलग्न भई फरार रहेकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ । जेनजी नाम प्रयोग गर्दै विभिन्न सरकारी कार्यालयहरूमा गएर धम्की र दबाब दिने गतिविधिमा संलग्न भएको आरोप पनि शाहीमाथि लागेको छ ।
प्रहरीले उनलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ ।




प्रतिक्रिया