देउवाप्रति अर्जुन नरसिंहको आक्रोश- व्यक्तिप्रधान भएर गरिएका निर्णय मान्य हुँदैनन्

देउवाप्रति अर्जुन नरसिंहको आक्रोश- व्यक्तिप्रधान भएर गरिएका निर्णय मान्य हुँदैनन्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रुपन्देही – नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले पार्टी नेतृत्व प्रजातान्त्रिक ढंगबाट नभई निरङ्कुश ढंगबाट चलेको आरोप लगाएका छन्।

नेपाल प्रेस युनियन रुपन्देहीले शनिबार बिहान बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पार्टी संस्थामुखी नभई व्यक्तिमुखी भएको भन्दै व्यक्तिप्रधान भएर गरिएका निर्णय मान्य नहुने प्रष्ट पारे।

पार्टी पदाधिकारीमा सामूहिक नेतृत्वमा जानुपर्ने भन्दै उनले व्यक्तिमुखी हुँदा नेपाल विद्यार्थी संघ पनि संस्थागत हुन नसकेको दाबी गरे। उनले पार्टी संस्थागत संरचनाको नयाँ दिशामा प्रवेश गर्न लागेकाले आगामी दिनमा विधि र प्रक्रियासम्मत ढंगले अगाडि बढ्ने बताए।

नेता केसीले संघीय लोकतान्त्रिक गणतन्त्रको पूर्ण कार्यान्वयनका लागि सरकार नै अनिच्छुक देखिएकाले गणतन्त्र संस्थागत हुन नसकेको धारणा राखे।