प्रधानसेनापति थापाको पीसीआर रिपोर्ट नेगेटिभ

प्रधानसेनापति थापाको पीसीआर रिपोर्ट नेगेटिभ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानसेनापति पूर्णचन्द्र थापाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । नेपाली सेनाको छाउनीस्थित हाताभित्र रहेको सिसिएमसी सचिवालयमा कार्यरत एक कर्मचारीलाई कोरोना पुष्टि भएपछि प्रधानसेनापति थापा शुक्रबारदेखि नै होम क्वारेन्टाइनमा बसेका थिए ।

कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र सीसीएमसी अन्तर्गतको सहजीकरण समितिका सदस्य समेत रहेका प्रधानसेनापति थापाको हिजो स्वाब संकलन गरिएको थियो ।

गत आइतबार कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका विषयमा सीसीएमसी सचिवालयमा बैठक बसेको थियो । रिपोर्ट नेगेटिभ आएसँगै प्रधानसेनापति थापा भोलिदेखि नियमित काममा फर्किने सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलले जानकारी दिए ।