भारततर्फ तस्करी गर्न लागिएको मदिरा सशस्त्र प्रहरीद्वारा बरामद

भारततर्फ तस्करी गर्न लागिएको मदिरा सशस्त्र प्रहरीद्वारा बरामद

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिरहा – जिल्लाको सिरहा नगरपालिका–१५ बुधौरास्थित सीमा ईलाकाबाट भारततर्फ तस्करी गर्न लागिएको मदिरा सशस्त्र प्रहरीले बरामद गरेको छ ।

मंगलबार राति १२ वटा साइकलमा लोड गरी भारततर्फ लैजाँदै गरेको अवस्थामा मदिरा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म मार्डरबाट सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) लोकेन्द्र सुब्बाको कमाण्डमा खटिएको फौजले बरामद गरेको छ ।

बरामद मदिरामा विभिन्न ब्राण्डको ह्विस्की र बियरसहित साना–ठूला गरी १ हजार ४२ वटा बोतल र सोफी ब्राण्डको ६० कार्टुन रहेको छ । मदिरा नियन्त्रणमा लिने क्रममा तस्कर समूह र सशस्त्र प्रहरीबीच खोसाखोस हुँदा करीब १०० बोतल मदिरा फुटेर नष्ट भएको छ ।

बरामद मदिरा तथा साइकल आवश्यक कारवाहीको लागि जम्मा ३ लाख ३५ हजार रुपैयाँ कायम गरी सम्बन्धित निकायमा बुझाइएको छ ।