काठमाण्डु – सशस्त्र प्रहरी बल नेपालका ४ सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरूको सरुवा गरिएको छ ।
गृहमन्त्रीस्तरको बुधबारको निर्णयअनुसार ४ जना डीआईजीहरूलाई विभिन्न कार्यालयमा सरूवा गरिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ विन्ध्यवासिनी बाहिनी मुख्यालय रुपन्देहीमा कार्यरत डीआईजी अभिकुमार खत्रीलाई सशस्त्र प्रहरी बलको प्रधान कार्यालयको मानव स्रोत साधन विभागमा ल्याइएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ महेश्वरी बाहिनी मुख्यालयमा सुर्खेतमा कार्यरत डीआईजी दुर्गाप्रसाद भट्टराईलाई राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय सिंहदरबारमा सरुवा गरिएको छ ।
राष्ट्रिय सुरक्षा परिषद्को कार्यालय सिंहदरबारमा कार्यरत डीआईजी प्रदीपकुमार पाललाई सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ विन्ध्यवासिनी बाहिनी मुख्यालय रुपन्देहीमा पठाइएको छ ।
सशस्त्र प्रहरी बलको प्रधान कार्यालय स्रोत साधन विभागमा कार्यरत डीआईजीलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतमा सरुवा गरिएको जनाइएको छ ।




प्रतिक्रिया