काठमाण्डु – सशस्त्र प्रहरी बल नेपालको झण्डा सर्वाेच्च शिखर सगरमाथामा फहराउने सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) सुरज पौडेललाई एपीएफ सम्मान प्रदान गरिएको छ ।
मंगलबार २४औं सशस्त्र प्रहरी दिवसको अवसरमा आयोजित प्रभातकालीन विशेष कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपालको तर्फबाट पहिलोपटक गत जेठ ७ गते बिहान १०ः२० बजे सगरमाथाको सफल आरोहण गरी संगठनको झण्डा फहराई संगठनको छवि उच्च बनाउन सफल भएकोमा उनलाई सम्मान गरिएको हो ।
उनको विशिष्ट एवं उल्लेखनिय कार्यले विश्वको सबैभन्दा अग्लो अन्तर्राष्ट्रिय सीमानामा समेत ंसंगठनको उपस्थिति तथा अनुगमनको सन्देश प्रवाह भएको सहायक प्रवक्ता सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए ।
सशस्त्र प्रहरी दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रमअन्तर्गत सशस्त्र प्रहरी प्रधान कार्यालय हल्चोक स्वयम्भुमा मंगलबार सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यमा प्रभातकालीन विशेष कार्यक्रम सम्पन्न भएको छ । विशेष समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले अमर सशस्त्र प्रहरी स्मारकमा पुष्पहार चढाउनुका साथै संगठनका संस्थापक सशस्त्र प्रहरी महानिरीक्षक स्वर्गीय कृष्णमोहन श्रेष्ठ लगायत अमर सशस्त्र प्रहरीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै कर्तव्य पालनाको सिलसिलमा घाइते तथा अंगभंग भएका सशस्त्र प्रहरी कर्मचारीहरूको शिघ्र स्वास्थ्य लाभको कामना गरे ।
उनले सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रमलाई निरन्तरता दिई थप रचनात्मक र भावनात्मक सहयोगका कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको चर्चा गर्दै अन्तर्राष्ट्रिय सीमा जोडिएका जिल्लाका स्थानीय सर्वसाधारणलाई जिम्मेवार र जवाफदेही बनाउँदै सशस्त्र प्रहरीसँगको सम्बन्धलाई थप प्रभावकारी बनाउँदै लैजाने बताए ।
महानिरीक्षक अर्यालले आफू स्वयं नैतिक रूपमा चरित्रवान भई व्यावसायिकता र असल आचरणको नमूना प्रस्तुत गर्न सकेमा मात्र संगठन बलियो हुने बताउँदै सम्पूर्ण सकल दर्जाका सशस्त्र प्रहरी कर्मचारीले यही कुरा हृदयगमन गरी कार्यसम्पादन गर्न निर्देशन दिए । उनले निर्देशन दिँदै भने, ‘हामीमा अभाव छ भन्दैमा आफ्नो कर्तव्यबाट विचलित र विमुख हुने छुट कसैलाई छैन, संगठनमा नीति छ, विधि छ, पद्धति छ, यसलाई सबैले मनन् गरी प्रणाली र पद्धतिलाई आत्मसाथ गरी हामी सबै कर्तव्यपथमा लाग्नुपर्छ भन्ने भावना लिएर अगाडि बढ्नुपर्छ ।’
महानिरीक्षक अर्यालले हिम्मत गरे गर्न नसक्ने भन्ने केही पनि नहुने, सामूहिक प्रतिबद्धता नै सबैको ठूलो शक्ति रहेको, व्यक्तिको जीत भएर संगठनको हार भए व्यक्ति हावी भई संगठनको प्रगति नहुने बताउँदै अभाव र सीमितताबीच पनि संविधान र मातृभूमिको सुरक्षार्थ अनुकूलतामा नरमाई प्रतिकूलतामा लडेर कर्तव्य निर्वाहमा लाग्नुपर्ने बताए । उनले चेनअफ कमाण्डको मर्मलाई कायम राखी संगठनमा निष्ठानवान, आर्थिक अनुशासन, ईथिकल गभर्मेन्टको दृष्टान्तको स्थापना होस् भन्ने हाम्रो सोच, सदीक्षा र मान्यतालाई सबैको साथ र सहयोगले पूरा गर्नुपर्ने बताए ।

विशेष कार्यक्रममा महानिरीक्षक राजु अर्यालले वर्षभर नागरिकको सेवा, सुरक्षा र सहयोग र उद्वारमा उत्कृष्ट कार्य गर्न सफल ‘वर्ष जवान २०८१’ घोषित सशस्त्र प्रहरी बल नेपाल नम्बर ३३ त्रियुगा गण जुम्ला दरबन्दी भई नम्बर ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतमा कार्यरत सशस्त्र प्रहरी सहायक हवल्दार किरण बहादुर भण्डारीलाई ‘वर्ष जवान’को ट्याग प्रदान गरे ।
यसैगरी सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट भएको केन्द्रीय निरीक्षणका क्रममा देशभरका इकाईहरूबाट यस वर्ष सर्वोत्कृष्ट इकाई हुन सफल सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार, नम्बर २१ दक्षिणकाली गण ललितपुर, नम्बर ३० गुल्म स्याङ्गजा र मद्दत तथा सेवा गुल्म मकवानपुरलाई ‘रनिङ अवार्ड’ प्रदान गरिएको छ ।
संगठनलाई अनुकरणीय योगदान पुर्याउनुहुने नेपाली सेना, नेपाल प्रहरी, अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारी, राष्ट्रिय अनुसन्धान विभाग तथा अन्य विभिन्न संघसंस्थाका पदाधिकारीका साथै देशभरका सशस्त्र प्रहरी इकाईहरूमा कार्यरत रही विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी कर्मचारीहरूलाई कदरपत्रसहित ‘आईजी एपीएफ कमेन्डेसन’ ब्याज प्रदान गरिएको छ ।

महानिरीक्षक अर्यालले कर्तव्य पालनाको सिलसिलामा मृत्युवरण गरेका सशस्त्र प्रहरी उपरीक्षक स्व. सुमन थपलियाको स्मृतिमा अक्षय कोष खडा गरी प्राप्त हुने ब्याजबाट प्रत्येक वर्ष १ जनालाई वार्षिक २५ हजार रुपैयाँ राशीको ‘बेस्ट इन्टिग्रिटी अफिसर अवार्ड’ प्रदान गर्ने घोषणा अनुरूप यस वर्षको बेष्ट इन्टिग्रिटी अफिसर अवार्ड अवैध चोरी निकासी–पैठारी, लागूऔषध ओसारपसार लगायतका सीमा अपराधहरू नियन्त्रणमा उल्लेखनीय कार्य गर्न सफल सशस्त्र प्रहरी बल प्रस्तावित सीमा सुरक्षा गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक सुरज रिजाललाई प्रदान गरेका छन् ।
यसैगरी उत्कृष्ट फायरर सशस्त्र प्रहरी नायव उपरीक्षक आनन्द खनाल लगायत ४ जना कर्मचारीहरू समेत पुरस्कृत भएका छन् । समारोहमा कर्तव्य पालनाको सिलसिलामा दिवंगत भएका ३ जना अधिकृतका पत्नीहरूलाई आर्थिक सहायता उपलब्ध गराउने उद्देश्यले स्थापित विपद् प्रकोप राहत कोषबाट उपलब्ध सहायता रकम हस्तान्तरण गरिएको थियो ।

कर्तव्य पालनाको सिलसिलमा साहसिक कार्य गर्ने २ जना सशस्त्र प्रहरी कर्मचारीसहित खेलाडी र कलाकार गरी १८ जना विशेष बढुवा भएकाहरूमध्ये २ जनालाई महानिरीक्षक अर्यालले दर्ज्यानी चिह्न समेत प्रदान गरेका थिए ।
यसैगरी सशस्त्र प्रहरी नायव उपरीक्षक सुरेश गैरे एपीएफ कला, साहित्य सम्मान तथा एपीएफ आईजी एपीएफ कमेनडेसनबाट पुरस्कृत भएका छन् ।
यसैगरी सहप्रवक्ता सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापा एपीएफ दिवसको अवसरमा तेस्रोपटक पुरस्कृत भएका छन् । यसअघि २०औं र २१औं सशस्त्र प्रहरी दिवसमा समेत उत्कृष्ट कार्य गरेबापत डीएसपी थापा पुरस्कृत भएका थिए । २४औं सशस्त्र प्रहरी दिवसमा डीएसपी थापा आईजी एपीएफ कमेनडेसनबाट पुरस्कृत भएका छन् ।

सशस्त्र प्रहरी दिवस २०८१ अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालबाट सशस्त्र प्रहरी कर्मचारीहरुको हकहितमा घोषणा भएका कार्यक्रमहरुः–
१. राज्य प्रदत्त जिम्मेवारीहरुलाई उच्च व्यावसायीक दक्षताका साथ सम्पादन गर्न संगठनले कार्यादेशलाई Border Security, Internal Security, Revenue Support र Disaster Management (BIRD) को अवधारणामा प्राथमिकीकरण गरि कार्यान्वयन ल्याईएको छ ।
२. विपद्को समयमा छिटो र प्रभावकारी परिचालन गर्न जोखिपयुक्त स्थान पहिचान गरी थप ९ स्थानमा विपद् उद्धार वेश स्थापना गर्नुको साथै गोताखोर तथा विपद् व्यवस्थापन तालिमलाई प्राथमिकताका साथ संचालन गरी सबै प्रदेशहरुमा उपलब्ध उद्दार सामाग्रीहरु सहित परिचालन गरिएको छ। सबै यूनिट÷सव–यूनिटहरुमा विपद् प्रकृति अनुसारको उद्दार सामाग्री सहित विपद् उद्दार टोली परिचालन गर्ने योजना समेत रहेको छ ।
३. कर्तव्यको बलिबेदीमा प्राणोत्सर्ग गर्नुहुने अमर सशस्त्र प्रहरी कर्मचारीहरुको सम्झनामा उहाँहरुले विरगती प्राप्त गरेको ६५ स्थानमा सिलालेख स्थापना गरिएको छ।साथै सम्पूर्ण अमर सशस्त्र प्रहरीहरुको वार्षिकीको दिनमा सम्वन्धित यूनिटहरुमा दिप प्रज्वलन गर्न निर्देशन
४. नेपाल ए.पी.एफ.अस्पतालमा सुविधा थपिंदै गएको छ। हालसालै अस्पताललाई ३०० शैयाको जनरल अस्पतालको रुपमा स्तरोन्नतिको स्वीकृति पश्चात डि. पि.आर. तयार गरि अस्पताल विस्तारको कार्यमा लागिरहेका छौं।
५. नेपाल ए.पी.एफ.अस्पतालमा Extended Health Service एवम् ३६५ दिन नै इएम् संचालन गरिएको तथा प्रादेशिक स्तरमा रहेका फिल्ड अस्पतालबाट गुणस्तरीय सेवा प्रदान गर्नको लागि साधन श्रोतहरु थप गरिएको छ ।
६. विभिन्न निकायहरुसँग समन्वय गरी अस्पतालमा APF Nepal Institute of Medical Science स्थापना गरी Diploma in Nursing, General Medicine, Radiography Technology, Medical Laboratory Technology जस्ता विषयहरुमा अध्यापन गराउने र भविष्यमा क्रमशः मेडिकल कलेजको स्थापना गरी MBBS तहमा अध्यापन गराउने योजना बनाईएको छ । साथै PG अध्यायनका लागि अस्पतालमा कार्यरत चिकित्सकहरुलाई Associate Professor र Assistant Professor को जिम्मेवारी समेत तोकिएको छ।
७. टाढा बाट एपीएफ अस्पताल आउने बहालवाला एवं पूर्व सशस्त्र प्रहरी कर्मचारीहरुको सहजताको लागि नेपाल एपीएफ अस्पतालमा सहायता एवं समन्वय कक्षको स्थापना गरिएको छ ।
८. राष्ट्रसेवकहरुको भौगोलिक परिचालन, बृत्तिविकास र संयुक्त राष्ट्रसंघीय मिशनमा सहभागिता समेतलाई मध्यनजर गर्दै चीनियाँ तथा फ्रेञ्च भाषाका कक्षाहरु सञ्चालनमा ल्याईएको छ। सीमामा खटिएका सशस्त्र प्रहरी कर्मचारीहरुलाई छिमेकी समकक्षी भाषा संस्कृती सिकाउने परिपाटीको थालनी भएको छ ।
९. काठमाण्डौबाट वहालवाला तथा पूर्व सशस्त्र प्रहरी कर्मचारी लक्षित एपिएफ सुपथ सेवा क्यान्टिन संचालनमा ल्याईएको छ, यसको प्रभावकारीता तथा संचालन मोडालिटिलाई मुल्यांकन गरि प्रदेश तहसम्म विस्तार गर्ने योजना रहको छ ।
१०. यसै वर्षबाट संगठनले सशस्त्र प्रहरी कर्मचारीहरु सेवा निवृत भए पश्चात उनीहरुको सम्मानजनक अवकास जीवन तथा आर्थिक उपार्जन सुनिष्चित गर्नका लागी प्राविधिक तथा व्यावसायिक सिप प्रदान गर्ने उद्देश्यका साथ एक सिपाही एक सिपको अवधारणा कार्यान्वयनमा ल्याईएको छ। प्रत्येक वर्ष १००० जना बहालवाला तथा अवकाश प्राप्त कर्मचारीहरुलाई सीपमुलक तालिम दिने लक्ष्य संगठनले लिएको छ । यसै बर्ष ४९४ जनालाई तालिम प्रदान गरि सकिएको छ ।
११. राष्ट्र र जनताको सेवामा आफ्नो जीवन आहुती दिई हामी सवैलाई चिरकाल सम्म सत्कर्ममा लाग्न प्रेरित गर्ने अमर सशस्त्र प्रहरी कर्मचारीहरुको योगदानको उच्च मुल्यांकन गरि सहादत प्राप्त स्थानमा नै सिलालेख स्थापना गर्ने कार्यको सुरुवात गरिएको छ। र अमर सशस्त्र प्रहरी कर्मचारीका २ जना सन्ततीहरुलाई यसै शैक्षिक सत्रबाट निःशुल्क अध्ययनको ब्यवस्था मिलाईएको छ ।
१२. मातहत कार्यालयहरुमा कार्यरत कर्मचारी तथा कमाण्डरहरुको आचरण तथा अनुशासनको वैज्ञानिक तवरबाट मुल्यांकन गरी आफ्नो जिम्मेवारीलाई त्रुटिरहित रुपमा सम्पादन गर्न तथा सांगठनिक साखलाई उच्च बनाउन अभिप्रेरित गर्ने उद्देश्यले Disciplinary Tracking and Action Unit स्थापना गरी कार्य सुरु गरिएको छ ।
१३. त्यस्तै संरचनागत सुधार अन्तर्गत संगठनको जिम्मेवारी अनुसारको परिचालन गर्न, कर्मचारीहरुको बृत्ती विकास गर्न, अस्थायी कार्यालयहरुलाई स्थायी बनाउन र लामो समय सम्म रोकिएको पदोन्नती लगायतको समस्यालाई हल गर्न संगठन तथा व्यवस्थापन सर्वेक्षण (O&M) तयार गरी स्वीकृत गराई समस्याहरुको समाधान गर्ने संगठनको योजना रहेको छ ।

संगठनमा आवद्ध बहालवाला तथा पूर्व सशस्त्र प्रहरी कर्मचारीहरुका साथै आश्रित परिवारजनको जीवनयापनमा सहजताको लागि घोषणा गर्नुभएको कल्याणकारी कार्यक्रमहरुः–
१. सशस्त्र प्रहरी कर्मचारीको अवकास हुन कम्तिमा २ (दुई) बर्ष बाँकी रहेको र अवकास पश्चात उपयोग हुन सक्ने कुनै पनि सीपमुलक तालिम डिउटीमा बाधा नपर्ने गरी अन्य निकायबाट सःशुल्क लिन चाहेमा त्यस्ता सशस्त्र प्रहरी कर्ममचारीहरुलाई प्रशिक्षण खर्च बापत बिना ब्याज अधिकतम रु ५० (पचास) हजार नगद ऋण उपलव्ध गराईनेछ ।
२. एक सिपाही एक घर कार्यक्रम अन्तर्गत वहालवाला तथा अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरु र अमर सशस्त्र प्रहरी कर्मचारीका परिवारहरुलाई घर जग्गा खरिदको लागी सुलभ व्याजदरमा ३० लाखसम्म ऋण उपलब्ध गराउने गरी सशस्त्र प्रहरी बल, नेपाल र ग्लोबल आईएमई वैंङ्क विच सम्झौता भएको छ ।
३. कल्याणकारी सेवा केन्द्रले अमर÷शहिद सशस्त्र प्रहरी कर्मचारीका आश्रित परिवारलाई नेपाल एपीएफ अस्पतालबाट प्रवाह हुने सम्पूर्ण स्वास्थ्य सेवा शुल्कमा ८०% छुट प्रदान गर्दै आईरहेकोमा अवोप्रान्त अमर÷शहिद सशस्त्र प्रहरी कर्मचारीका श्रीमति (एकल महिला) लाई नेपाल एपीएफ अस्पतालबाट प्रवाह हुने सम्पूर्ण स्वास्थ्य सेवा निशुल्क उपलब्ध गराईनेछ ।
४. नेपाल एपीएफ अस्पतालमा उपचारको क्रममा मृत्यू भएका बाहालवाला, पूर्व सशस्त्र प्रहरी कर्मचारी र निजका आश्रीत परिवारको शव सम्बन्धित घर ठेगाना वा निजको धर्म/रीतिरिवाज अनुसारको दाहसंस्कार स्थलसम्म पुर्याउनको निम्ति निःशुल्क शव बहानको व्यवस्था नेपाल एपीएफ अस्पतालबाट गरिनेछ ।
५. सशस्त्र प्रहरी संगठनबाट सेवानिवृत्त भई कुनै पनि रोगको कारण लामो समयसम्म स्वास्थ्यकर्मीको निग्रानीमा रहनु पर्ने साथै निजलाई रखेदेख वा हेरचाह गर्ने परिवारका सदस्यहरु कोहि नभएका अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारुहरुको लागि उपयुक्त स्थानको छनौट गरी CARE HOME को ब्यवस्था गर्ने कार्यको अध्ययन थालनी गरिनेछ ।
६. २० (बिस) वर्ष सेवा अवधि पुगेका सशस्त्र प्रहरी परिचरदेखि सशस्त्र प्रहरी वरिष्ठ नायव निरीक्षक(स.प्र.ब.ना.नि) सम्मका सशस्त्र प्रहरी कर्मचारीहरुलाई आगामि वर्षबाट सवारी चालक तालिम दिने कार्यको शुरुवात गरिनेछ ।
७. सशस्त्र प्रहरी कर्मचारी र आम सर्वसाधारण नागरीकका सन्ततीहरुलाई सर्वसुलभ र गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ नेपाल एपीएफ स्कुलहरुलाई थप विस्तार गर्दै लगिने लक्ष्य अनुरुप कोशी प्रदेशको झापामा र लुम्विनी प्रदेशको बुटवलमा एपीएफ स्कुल स्कुल सञ्चालनको लागि आवश्यक प्रक्रिया अगाडि बढाईने छ ।
८. “विपद् प्रकोप राहत कोष“बाट अवोउप्रान्त नेपाल एपीएफ अस्पतालमा उपचार हुन नसक्ने भनी अस्पतालले सिफारिस गरेको घातक एवं दिर्घ रोग लागेका बहालवाला सशस्त्र प्रहरी कर्मचारी र तिनका आश्रित परिवारको उपचारमा सहयोग पु¥याउन एकपटकको लागी वर्षमा बढीमा रु.१(एक) लाखसम्म उपचार खर्च उपलब्ध गराईनेछ ।
९. संगठनमा कार्यरत कर्मचारीहरुमा वचतको बानी विकास होस भन्ने अभिप्रायले कल्याणकारी सेवा केन्द्र अन्तर्गत रहने गरी APF Staff Saving Fund स्थापना गरिएको छ। जसमा इच्छुक सशस्त्र प्रहरी कर्मचारीहरुले मासिक ४०० रुपैंया जम्मा गर्न सक्ने छन जुन रकम अवकास पश्चात ब्याज सहित फिर्ता हुने व्यवस्था मिलाईएको छ ।
१०. वहालवाला तथा अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरु र अमर सशस्त्र प्रहरी कर्मचारीका परिवारहरुलाई आवश्यक कानुनी सल्लाहको लागी एक जना कानुन अधिकृत सहित कल्याणकारी सेवा केन्द्र अन्तरगत रहने गरि कानुनी परामर्श सहयोग डेस्क स्थापना गरिएको छ ।
११. वहालवाला तथा अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरु र अमर सशस्त्र प्रहरी कर्मचारीका परिवारहरुको आवास निर्माणको लागी नक्सा बनाउने, मर्मत कार्य र अन्य प्राविधिक सहयोगको लागी मद्दती तथा सेवा निर्देशनालयबाट दुई जना प्राविधिक अधिकृत सहित कल्याणकारी सेवा केन्द्र अन्तरगत रहने गरी प्राविधिक परामर्श सहयोग डेस्क स्थापना गरि संचालनमा ल्याईएको छ ।




प्रतिक्रिया