बिल नभएको ३३ लाखभन्दा बढीको लत्ताकपडासहित १ जना नियन्त्रणमा

बिल नभएको ३३ लाखभन्दा बढीको लत्ताकपडासहित १ जना नियन्त्रणमा


काठमाण्डु – सशस्त्र प्रहरीले सर्लाही जिल्लाको मलंगवा नगरपालिका–४ स्थित शिवसागर चोकबाट ३३ लाख ३२ हजार ५०० रुपैयाँ बराबरको लत्ताकपडा र भ्यानसहित १ जनालाई नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर १० गण सर्लाही र प्रस्तावित सीमा सुरक्षा गुल्म मलंगवाले बा८च ८०१६ नम्बरको म्याजिक भ्यानलाई शंका लागि जाँच गर्दा बिलबिजक र प्रज्ञापन पत्र नभएको २५ लाख ३२ हजार ५०० रुपैयाँको २४० पिस साडी र सीआरईपी कपडासहित गाडी नियन्त्रणमा लिएको छ ।

गाडी चालक बारा जिल्लाको पचरौता नगरपालिका–९ बेलवारी बस्ने ३७ बर्षिय लखिन्द्र राउत कुर्मीलाई समेत नियन्त्रणमा लिइएको छ ।

नियन्त्रणमा लिइएका राउतलाई गाडी र कपडासहित आवश्यक कारवाहीका लागि माघ २७ गते सर्लाही भन्सार कार्यालय मलंगवामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।