नवलपरासीमा सशस्त्रको गोली लागेर एक जनाको मृत्यु

नवलपरासीमा सशस्त्रको गोली लागेर एक जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नवलपरासीमा सशस्त्र प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ ।

बुधबार बिहान सशस्त्र प्रहरीले चलाएको गोली लागेर नवलपरासी पश्चिमका २३ वर्षका युवक अविनाश राजभरको मृत्यु भएको हो । गोली लागेका उनलाई उपचारका लागि अस्पताल ल्याउँदै गर्दा गोली लागेको बताइएको छ।

सशस्त्र प्रहरी बल नेपाल नं २६ गण हेडक्वार्टर पश्चिम नवलपरासीका उपरीक्षक महेश अधिकारीका अनुसार कोरोना भाइरसको संक्रमणका कारण भारत जान बन्द रहेको अवस्थामा बुधबार बिहान सुस्ता गाउँपालिका–५ स्थित नथुई नाका (वनकट्टी)बाट भारततर्फ जान लागेका स्थानीय युवाले जर्बजस्ती गर्न खोज्दा झडप भएको हो ।

ठूलो संख्यामा जम्मा भएका स्थानीय मानिसहरुको भीडलाई नियन्त्रण गर्न एक राउण्ड गोली चलाएको उनले बताए ।