सशस्त्र प्रहरीका तीन एआईजीको सरुवा


काठमाडौं– सशस्त्र प्रहरीका तीन अतिरिक्त महानिरीक्षक (एआईजी) को सरुवा भएको छ । मन्त्रिपरिषदको बुधवार साँझ बसेको वैठकले सशस्त्रका ३ जना एआईजीको सरुवा गरेको हो ।

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले एक वर्ष नपुगी एआईजीको सरुवा नगर्ने अडान राखेपछि सरुवा केही समय रोकिएको थियो ।

गृहसचिव महेश्वर न्यौपानेले सरुवा प्रस्ताव नल्याए गृहमन्त्रालयले सरुवा अघि बढाउने चेतावनी दिएपछि मंगलवार उनले सरुवाको प्रस्ताव ल्याएका थिए ।

गृहमन्त्रालयको प्रस्तावमा भएको सरुवाअनुसार कार्यविभागमा रहेका एआईजी नारायणबावु थापाको ऐकेडेमी, एकेडेमीमा रहेका पुष्पराम केसीको मानवश्रोत विभाग र मानवस्रोतमा रहेका रामशरण पौडेलको कार्यविभागमा सरुवा भएको छ ।

उनिहरुको गत श्रावण १९ मा सरुवा भएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement