काठमाण्डु- सशस्त्र प्रहरी बलले बझाङ जिल्लाको साइपाल गाउँपालिका–४ उरईस्थित नाग्ना डाडामा नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतबीच सीमामा रहेको सहायक सीमा स्तम्भ (सीमा चिह्न) नं. २ को अनुगमन गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म बझाङबाट सशस्त्र प्रहरी नायव उपरीक्षक जनकराज पन्तको कमाण्डमा यही जेठ १३ गते त्यसतर्फ गएको सशस्त्रको टोली सीमा स्तम्भ भएको स्थानमा पुगेको थियो ।
समुन्द्र सतहबाट ५ हजार २ सय मिटर उचाइ तथा भौगोलिक रुपमा अत्यन्त विकट र हाई अल्टिच्युडका बावजुद सशस्त्र प्रहरी बलको टोली पहिलो पटक त्यहाँ पुगेको हो ।
साइपाल गाउँपालिका–४ धुलीसम्म मानव बस्ती रहेको स्थानबाट ३ दिन पैदल यात्रापछि मात्र पुग्न सकिने सीमास्तम्भ सदरमुकामबाट ११७ किलोमिटरको दूरीमा छ ।
सदरमुकामबाट २८ किलोमिटर सवारीसाधनमा गएको सशस्त्रको टोली त्यसपछि पैदल गएको थियो । सीमा स्तम्भ भएको स्थानसम्म पुग्न यात्राका क्रममा सशस्त्र प्रहरीको टोली विभिन्न स्थानमा पाल टाँगेर वास बसेको थियो ।




प्रतिक्रिया