सेनाले गर्‍यो इनारमा खसेकी महिलाको जीवितै उद्धार

सेनाले गर्‍यो इनारमा खसेकी महिलाको जीवितै उद्धार


काठमाण्डु – नेपाली सेनाले इनारमा खसेकी महिलाको जीवितै उद्धार गरेको छ ।

ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका–२ ईमाडोलमा बसोबास गर्ने महिला इनारमा खसेपछि सेनाले उद्धार गरेको हो ।

महिला इनारमा खसेको खबर प्राप्त भएपश्चात् परिचालित नेपाली सेनाको उद्धार टोलीले प्रहरी तथा स्थानीय लगायतको सहयोगमा महिलाको जीवितै उद्धार गरेको नेपाली सेनाले जनाएको छ ।