रक्षामन्त्री खड्काले गरे सैनिक इकाईहरूको भ्रमण

रक्षामन्त्री खड्काले गरे सैनिक इकाईहरूको भ्रमण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सैनिक इकाईहरूको भ्रमण गरेका छन् ।

शुक्रबार मन्त्री खड्काले नेपाली सेना बहुव्यवसाय उद्योग (जुत्ता कारखाना), सुन्दरीजल आर्सनल कार्यालय र मिनरल वाटर प्लान्टको भ्रमण गरेका छन् ।

मन्त्री खड्कालाई प्रधानसेनापति प्रभुराम शर्माले सुन्दरीजलस्थित नेपाली सेना बहुव्यवसाय उद्योग परिसरमा स्वागत गर्दै नेपाली सेनाको बन्दोबस्ती क्षमता अभिवृद्धिमा उद्योगहरूको भूमिकाबारे बताए ।

भ्रमणका अवसरमा मन्त्री खड्काले बहुव्यवसाय उद्योग (जुत्ता कारखाना), आर्सनल कार्यालय र मिनरल वाटर प्लान्टबाट हुने उत्पादन, इकाईहरूको सञ्चालन, व्यवस्थापन, वर्तमान अवस्था र भावी योजनाबारे जानकारी लिएका थिए ।

भ्रमणका क्रममा स्वदेशमा नै उद्योगहरूबाट सेनाका लागि आवश्यक बन्दोबस्ती सामग्रीहरूको गुणस्तरीय ढंगबाट उत्पादन हुनु सेनाको बन्दोबस्ती क्षमता अभिवृद्धिको दिशामा उल्लेखनीय विषय भएको धारणा व्यक्त गर्दै उनले नेपाली सेनाको आत्मनिर्भरता वृद्धि गर्दै लैजानु जरुरी भएको बताए ।

भ्रमण क्रममा रक्षा सचिव, रथीवृन्द तथा अधिकृतहरूको उपस्थिति थियो ।