काठमाण्डु – सेना दिवस २०८० को अवसरमा आयोजित नेपाली सेना फोटो तथा युनिट विशेष प्रदर्शनी सम्पन्न भएको छ ।
माघ ९ गतेदेखि १३ गतेसम्म जंगी अड्डा परिसरमा सञ्चालन भएको प्रदर्शनीमा नेपाली सेना सम्बन्धी विगतदेखि वर्तमानसम्मका गतिविधिहरू झल्कने डकुड्रामा, फोटो, हातहतियार र उपकरणहरू राखिएको थियो ।
प्रदर्शनीमा सैनिक पोशाक, ब्याण्ड, हवाई सेवा, घोडचढी, जंगल तथा पहाडी युद्धकला, विशेष फौज, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष, शान्ति सेना, विकास निर्माण, विपद् व्यवस्थापन, खेलकुद तथा विद्यालयहरू लगायतको विविध गतिविधि र श्रव्यदृश्य सामग्रीहरूको प्रदर्शनी गरिएको थियो ।
५ दिनसम्म करीब १० हजार जनाले अवलोकन गरेको प्रदर्शनीको २०८० माघ ०९ गते प्रधानसेनापति प्रभुराम शर्माले उद्घाटन गरेका थिए ।
आमनागरिकलाई नेपाली सेनाको विविध गतिविधिहरू नजिकबाट नियाल्ने अवसर प्रदान गर्ने उद्देश्यले आयोजित प्रदर्शनीबाट अवलोकनकर्तालाई नेपाली सेनाको ऐतिहासिक विकासक्रम र वर्तमान समयमा निर्वाह गरिरहेको भूमिकाबारे जानकारी प्राप्त भएको विश्वास लिइएको छ ।




प्रतिक्रिया