सेनाले गर्‍यो ६५ वटा विस्फोटक पदार्थ निष्क्रिय

सेनाले गर्‍यो ६५ वटा विस्फोटक पदार्थ निष्क्रिय


काठमाण्डु – नेपाली सेनाले ६५ वटा विस्फोटक पदार्थ निष्क्रिय गरेको छ ।

सेनाको जिल्ला प्रहरी कार्यालय संखुवासभा परिसरको हेलिप्याड नजिक माघ ११ गते भेटिएका विस्फोटक पदार्थ निष्क्रिय गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

बेवारिसे अवस्थामा भेटिएका विस्फोटक पदार्थ विगतका द्वन्द्वकालमा प्रयोग भएको हुनसक्ने सेनाको अनुमान रहेको छ ।

संखुवासभा जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठले सरसफाइका क्रममा भेटिएका विस्फोटक पदार्थ नेपाली सेनाको सहयोगमा निष्क्रिय गरेको बताए ।