उपरथीमा बढुवा भएका शाह बने मध्य पृतना हेडक्वार्टरको पृतनापति

उपरथीमा बढुवा भएका शाह बने मध्य पृतना हेडक्वार्टरको पृतनापति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली सेनाको उपरथीमा बढुवा भएका सुवर्णबहादुर शाहलाई दज्यानी चिह्न प्रदान गरिएको छ।

आइतबार जंगीअड्डामा आयोजित एक विशेष कार्यक्रममा प्रधानसेनापति राजेन्द्र क्षत्रीले उपरथी दर्जाको दज्र्यानी चिह्न प्रदान गरेका हुन्।

उपरथी दर्जामा पदोन्नति भएका उपरथी शाहलाई मध्य पृतना हेडक्वार्टरकाे पृतनापतिको जिम्मेवारी दिइएको छ ।

सहायक रथी शाहलाई मन्त्रिपरिषद्को असार २४ गतेको बैठकले उपरथीमा बढुवा गरेको थियो।