सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली भएको छ ।

संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापना कार्यका लागि सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ मध्य अफ्रिकी गणतन्त्रमा संयुक्त राष्ट्र बहुआयामी एकीकृत स्थिरीकरण मिसनमा सहभागी भवानी बक्स गण (शा.से.) पाँचौं डफ्फालाई बदली गर्नका लागि दि फेमश महिन्द्रदल गण (शा.से.) छैठौं डफ्फाका ११७ जना नेपाली शान्ति सैनिकहरू सेनानी दिपेशराना मगरको नेतृत्वमा यूएन चार्टर्ड उडानमार्फत काठमाण्डुबाट प्रस्थान गरेका छन् ।

मिसनमा कार्यरत रही आफ्नो कार्यकाल सम्पन्न गरेका ११६ जना नेपाली शान्ति सैनिकहरू सेनानी आदित्य कार्कीको नेतृत्वमा स्वदेश फर्किएका छन् ।

हाल मिसनमा नेपाली सेनाका १ हजार २४१ जना शान्ति सैनिकहरू कार्यरत छन् ।