सैनिक प्रवक्ताको जिम्मेवारी सहायक रथी केसीलाई

सैनिक प्रवक्ताको जिम्मेवारी सहायक रथी केसीलाई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली सेनाले प्रवक्ताको जिम्मेवारी सहायकरथी गौरवकुमार केसीलाई दिएको छ ।

गण्डकी प्रदेशको पोखरास्थित ३ नम्बर बाहिनी अड्डाका प्रमुख केसीको जिम्मेवारी हेरफेर गरेर जंगी अड्डाले सैनिक जनसम्पर्क तथा सूचना निर्देशक तथा संगठनको प्रवक्ता तोकेको छ ।

प्रवक्ताको जिम्मेवारीमा रहेका कृष्णप्रसाद भण्डारीलाई जङ्गी अड्डास्थित सैनिक अभिलेखालयमा सरुवा गरिएको छ ।