काठमाण्डु – संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापना कार्यको लिवयामा तैनाथ स्पेसल गार्ड युनिट (शान्ति सेना) पाँचौँ डफ्फालाई बदली भएको छ ।
भगवती प्रसाद गुल्म स्पेशल गार्ड युनिटको छैठौ डफ्फाका ५७ जना शान्ति सैनिकहरूको अन्तिम टोली सेनानी रमेश कुमार बन्जराको नेतृत्वमा गएको टोलीले पहिलो डफ्फालाई बदली गरेको हो । अहिले जाने टोली बुधबार त्यसतर्फ प्रस्थान गरेको छ ।
मिसनमा तैनाथ शान्ति सेना पाँचौँ डफ्फाका ५८ जना शान्ति सैनिकहरू प्रमुख सेनानी भाईकाजी थापाको नेतृत्वमा आज स्वदेश फिर्ता भएका छन् । हाल मिसनमा नेपाली सेनाका २३४ जना शान्ति सैनिकहरू कार्यरत छन् ।




प्रतिक्रिया