काठमाण्डु – मध्य अफ्रिकामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली भएको छ ।
सैनिक प्रहरी युनिट (शान्ति सेना) दशौं डफ्फाका ७१ जना शान्ति सैनिकहरू मिसनका लागि प्रस्थान गरेका छन् ।
प्रमुख सेनानी रवि केसीको नेतृत्वमा रहेको टोली संयुक्त राष्ट्रसंघको चार्टर विमानद्वारा प्रस्थान गरेको छ ।
मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरी सैनिक प्रहरी युनिट (शान्ति सेना) नवौं डफ्फाका ७१ जना शान्ति सैनिकहरू प्रमुख सेनानी अशोककुमार मल्लको नेतृत्वमा भदौ ११ गते नै स्वदेश फिर्ता भएका छन् ।




प्रतिक्रिया