काठमाण्डु – नेपाली र अमेरिकी सेनाबीच संयुक्त अभ्यास ‘प्यासिफिक एन्जेल’ हुने भएको छ ।
भदौ ३० गतेदेखि असोज ४ गतेसम्म काठमाडौं, मकवानपुर र धादिङ जिल्लामा अभ्यासहरू सञ्चालन हुन लागेका छन् ।
अभ्यासमा विभिन्न प्रकारका विपद्को दौरान सञ्चालन गरिने खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन अपनाउनुपर्ने विद्यमान विधि तथा प्रक्रियाहरूका सम्बन्धमा ज्ञान आदानप्रदान हुने नेपाली सेनाले जनाएको छ । सन् २०१२ बाट सुरु भएको अभ्यासको यो चौथो संस्करण हो ।
नेपाली सेना र संयुक्त राज्य अमेरिकी सेनाबीच विगत लामो समयदेखि विपद् व्यवस्थापन तथा मानवीय सहयोगको क्षेत्रमा अनुभव आदानप्रदान गरी विपद् प्रतिकार्य क्षमता अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न अभ्यासहरू सञ्चालन हुँदै आएका छन् ।
सैनिक अभ्यासबाट विशेषज्ञता आदानप्रदान हुन गई सैनिक पेशागत क्षमता अभिवृद्धिमा मद्दत पुग्दै आएको जनाइएको छ ।




प्रतिक्रिया